२७ बैशाख २०८३, आईतवार

कविताः तिम्रो माया


-गोबिन्द ओझा

तिम्रो माया यस्तो छ कि म यसको ऋणी छु
त्यो क्षणले स्वर्गीय प्रेमको आभास गरेको छु
हामीले प्रेम गरेको हो केही धैर्य रहन सिक्नुपर्छ
माया प्रेमले दुनियाँमा बाच्ने कला पनि सिक्नुपर्छ

माया गर्ने मान्छे तिमि मैले भेट्नुपर्छ
पहिलो चोटि भेट भएको क्षण सम्झना आई रहन्छ
हाम्रो माया गुलाफको फुल जस्तै सुन्दर छ
मायाको गहिराइमा पुगेर तिमिलाई देख्नु छ

यो जीवनमा तिमिलाई मेरी रानी बनाउँछु
तिम्रो समीप आउँछु तिमिलाई धेरै माया गर्छु
माया गर्ने मान्छे म बिर्सन गाह्रो हुन्छ
तिम्रो उपस्थितिले मन खुसी भएको छ


प्रकाशित मिति: ८ माघ २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives