
बल,बैँश र धनमा त साथी हजार हुनेगर्छन्,
अड्डा र अदालत उनैका सरकार हुनेगर्छन्।
हेर गरिब निमुखा र कम्जोरहरू सँग सधौँ,
उनिहरूको कस्तो दिनौँ व्यवहार हुनेगर्छन्।
व्यापार गरे ऋण पाउँछन् र छँदै छ नोकरी,
धनमानकै पत्रपत्रिकामा समाचार हुनेगर्छन्।
हेरिरहन्छु तरकारी मण्डीमा डोको बोकेका,
गरिबहरूको त्यही जिउँने आधार हुनेगर्छन्।
सिमा पारि पुगेका देशभक्तले खवरदार गर्दा,
मन ढुक्क हुन्छ,यहाँ त कयौँ गद्दार हुनेगर्छन्।
कयौँ अपराधी भेट्टिन्छन् र कयौँ बालात्कारी,
मानव समाजमा मान्छेकै व्यापार हुनेगर्छन्।
प्रकाशित मिति: १ असार २०८२, आईतवार