५ भाद्र २०८३, शुक्रबार

गौमुल–३ मा पहिरोले दुई घर पूर्ण रुपमा क्षति


सुशिल राेकाया/बाजुरा: बाजुराको गौमुल गाउँपालिका ३ कटीगाउँमा पहिरोले दुई घर पुरिएका छन् । बिहीवार दिउँसो करिब ३ बजेदेखिको अबिरल वर्षासँगै घरमाथिबाट खसेको पहिरोले दुई घर पूर्ण रुपमा क्षति भएका हुन् । गौमुल—३ का वडाध्यक्ष गोरख बहादुर बोहराकाअनुसार पहिरोले स्थानीय बुदी बोहरा र पूर्णिमल बोहराको घरसँगै भित्र रहेका पशुचौपाया समेत पुरिएका छन् । भिरालो जमिनका कारण एक्कासी माथिबाट आएको पहिरोले घर पूर्ण रुपमा पुरिएका र आसपासका अन्य घर पनि उच्च जोखिममा रहेको वडाध्यक्ष बोहराले बताए ।

अहिले अध्यारो भएसँगै लगातारको भारी वर्षाका कारण उद्धार कार्यमा कठिनाई भइरहेको स्थानीय भरत बोहराले बताए । उनकाअनुसार उक्त गाउँका थप २० घरपरिवार उच्च जोखिममा रहेका छन् । दिउँसो भएका कारण पहिरो खस्नासाथ घरभित्र रहेका स्थानीय हतारमा सुरक्षित स्थानमा गएका कारण ज्यान जोगाउन सफल भए पनि घरभित्र रहेका अन्नपात, भाँडाकुडा, धनमाल, पशुचौपाया सबै पुरिएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेश बहादुर शाहीकाअनुसार गाउँपालिकाको केन्द्र घट्मुनाबाट प्रहरी सहितको टोली आवश्यक उद्धार सामग्री तथा त्रिपाल, टेन्ट लगायतका सामग्रीसहित खटिएको छ । त्यहाँबाट घटनास्थल पुग्न करिब चार घण्टा पैदल हिड्नु पर्छ भने उक्त घटनाको एकिन विस्तृत विवरण प्राप्त हुन नसकेको उनले बताए ।


प्रकाशित मिति: ५ भाद्र २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives