२१ मंसिर २०८२, आईतवार

पवन मधुश्रीको नौलो कोसेली “निराशा”: (भिडियो सहित)


बाजुरा:  सर्जक पदम बहादुर माझी (पवन मधुश्री) को अर्काे नयाँ कोसेली “निराशा” गीत सार्वजनिक भएको छ । देशको बेथिति र परदेशिनुको कथा बोलेको लोक गीत बडिमालिका म्यूजिक युट्युव च्यानलबाट शुक्रबार  सार्वजनिक भएको हो ।

सामाजिक यथार्ततामा आधारित यस गीतले देशको वर्तमान अवस्था र व्याप्त वेथितिका कारण ईमान्दारहरु देशमा बस्न नसकेर परेदशिनु परेको पीडादायक अवस्थालाई झल्काएको छ । देशको राजनीतिक अवस्था र नेताहरुले गर्दा कुशासन मौलाएको, बैमानीहरुकै रजगज चलिरहेको अवस्था उल्लेखित गीतलाई देशमा व्याप्त भ्रष्ट्राचार, अनियमितता, तस्करी, जाली फट्याँईका कारण सुन्दर परिवार छुट्टिनु पर्ने अवस्था आएको र परदेशिनु पर्ने निराशाजनक अवस्थालाई कुशलतापूर्वक संयोजन गरि प्रस्तुत गरिएको छ ।

उक्त गीतमा शब्द/संगीत र स्टोरी कन्सेप्ट पवन मधुश्रीकै रहेको छ भने नेत्र भण्डारी र पम्फा कँडेलले स्वर दिनुभएको छ । गीतको एरेन्जर विनोद बाजुरालीले गरेका हुन भने मालश्री स्टुडियो मार्फत निर्माण गीतमा कलाकार पवन मधुश्री, देविका कार्की, दिनेश ठकुल्ला, शर्मिला ऐडी, कृष्ण खड्का र झरना विकले अभिनय गरेका छन । भिडियो निर्देशकमा दिनेश ठकुल्ला रहेका छन ।

“निराशा” लाई भिडियोमा हेर्नुहोसः 


प्रकाशित मिति: ६ मंसिर २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार