९ असार २०८२, सोमबार

लघुकथा :- नाष्तिक


 

” मानिस भएपछि समाज सँग हिँड्नु पर्छ; बुझिस ?”- रूपलाल आफ्नो छोरा मिठ्ठुलाई हकार्दै भने।
” के गर्यो र बाबुले कीन यसलाई यसरी हकार्नुहुन्छ ?”-राम्रीले बुझ्न खोजिन।
” सोध आफै तिम्रो छोरासँग।”-रूपलाल कट्कीँदै भने।
” बाबु कीन बाबाले भनेको मैदनौँ ? के गलती गर्यौ ?”-राम्रीले मिठ्ठु सँग प्रश्न गरिन। आँमाको मन सकेसम्म बाबा र छोराको बिचमा राम्रो भए हुन्थ्यो भन्ने नै थियो।तर बाउ छोराको बिचमा सधैँ खलबल हुने। मिठ्ठु चुपचाप उभियो केही बोलेन। तन्नेरी भएको छोरासँग दिनौँ कचकच राम्रिलाई नराम्रो लाग्छ।
” कहिले को सँग , कहिले को सँग झग्डा गरेको हुन्छ।जसले जे गरेपनि आफु चुप लागेर नेदेख्या झैँ गर। जसले जस्तो गर्छ उस्तै भोग्छ ।”- रूपलाल फेरी फतफताउँन थाले।
“बाबा मलाई यत्ती भनिदिनोहोस् म मानिस भएर जिउँने हो वा दाश दब्बु र पशु भएर ?”-यतिवेर चुपचाप सुनिरहेको मिठ्ठुले कण्ठ खोल्यो।
” यत्रो समाज छ त्यो सबै दाश ,पशु हो ? तँ मात्र मानिस हो? जस्तो सबैले गर्छन् त्यस्तो किन गर्दैन भन त ?”- रूपलाले प्रतिप्रश्नहरू तेर्छाए।
” बाबा ! मैले त्यसो भनेकै छैन मात्र हामी अन्धविश्वमा भर न परौँ।देखेको भोगेको बाट ज्ञान आर्जन गरौँ त भनेको हो। “-मिठ्ठुले आफ्नो सफाई दिंदै भन्यो।
” ठिकै त भनेको रहिछ नी छोराले ! किन रिसाउँनु हुन्छ हजुर ?”- राम्रिले आफ्नो बुढा तिर हेर्दै भनिन्।
“असली कुरा तिमिलाई थाहा छैन ।तिमि न बोल!”-रूपलालले राम्रिलाई चुप गराउँन खोजे। ” असली कुरा केहो त हजुर आफै भन्दिनु न ?”-राम्रिले प्रश्न गरिन।
” मुन्तिर चामी एक महिना देखी बिमार रहिछ ।उसका बाबाले झाँक्री बोलाउँन हिँडेका यो जान्ने भएर बुढालाई भनेछ भोली अन्धविस्वासमा परेर तिम्रो छोरी मरिभनी तिम्लाई जेल हाल्छु।कीन डाक्टर कहाँ लाँदैनौँ ? भन त यस्तो भन्छन् ? ,उसले पाठो भाकल गर्दापनि यही कराएको थियो।कसै नभाको नास्तिक।”- रूपलाल चर्को बोलीमा भने।
” बा बा त्यो दुई वर्षकी बालिका उसलाई चर्को जरो छ के झाँक्री बसेर निको हुन्छ ? त्यो अपराध होइन ? यदि सत्य बोल्दा नाष्तिक हुनुपर्छ भने मलाई नाष्तिक नै भन्नुहोस्।”-मिठ्ठुले आफ्नो अडान छाडेन।
” छोरा मलाई यो त थाहाछैन तिम्रो बोल्ने सैली कस्तो थियो तर बिचार भने राम्रो छ। स्याबास मलाई तिम्रो बिचार प्रति गौरव छ।”- राम्रिले मिठ्ठुको पिठ थपथपाइन।
रूपलाल बोलेन ट्वाल परेर आमा छोरालाई हेरिरह्यो।


प्रकाशित मिति: २ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार