
आज मेरो जन्मदिन , म भाग्यमानी रहेछु
आज नैं गौतम बुद्ध भगवानले पनि
आँखा खोल्नुभयो थियो
आज कै दिन मेरो पनि आँखा खुलेको थियो
आज मेरो जन्मदिन विशेष बनेको छ
किनकि आज नै बुद्ध भगवान को
जन्म जयन्तीको दिन परेको छ
आजको दिन धेरै प्यारो दिन छ
आज भगवान बुद्ध जयन्तीको दिन छ
पबित्र दिन छ
आज कै पबित्र दिनमा
मेरो पनि जन्मदिन छ!
मेरो मन सधैं शुद्ध रहोस्
मेरो मन पनि बुद्ध बनोस्,
म कहिले दोषी काम नगरुँ
गलतको पछि नपरुँ!
मेरो विचार बुद्ध भगवान को झैँ होस्
मेरो मनमा घमण्ड नहोस्
मेरो मन सहयोगि भावनाको होस्
मेरो बिचार गहिरो होस् !
म कसैको मन नदुखाउँ
बोल्दा पनि, नबोल्दा पनि।
मेरा पाइला जहाँ परून्,
त्यहाँ हिंसाको , घृणाको होइन,
माया ममताको बिऊ रोपियोस्।
जीवनमा हरेक दिन सफा मन राखेर हिंड्न सकुँ
सचेत नागरिक भएर हिँड्न सकुँ
म भगवान बुद्धको देशको मनुष्य हुँ
गर्वका साथ भन्न सकुँ
अरुको दु:ख पिडामा कहिले न हासुँ
अरूका पीडामा एक थोपा मल्हम बन्न सकुँ,
ओखती बन्न सकुँ!
प्रकाशित मिति: ३० बैशाख २०८२, सोमबार