७ श्रावण २०८३, बिहीबार

स्थानीय तहको संख्या, सिमाना हेरफेर र वर्गीकरणसम्बन्धी अभिमुखीकरण


बाजुरा: गाउँपालिका तथा नगरपालिका र वडाको संख्या, सिमाना हेरफेर तथा नगरपालिकाको वर्गीकरणसम्बन्धी मापदण्डबारे सरोकारवालाबीच अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। जिल्ला समन्वय समिति बाजुराको आयोजनामा जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न कार्यक्रममा स्थानीय तहको संख्या, वडाको संरचना, सिमाना हेरफेरका आधार तथा नगरपालिकाको वर्गीकरणसम्बन्धी कानुनी व्यवस्था र मापदण्डबारे जानकारी गराइएको थियो। साथै विषयसँग सम्बन्धित सरोकारवालाबाट सुझाव तथा धारणा समेत संकलन गरिएको जिल्ला समन्वय समिति बाजुराका कार्यालय प्रमुख दिपेन्द्र पाण्डेल बताए।

जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाका नौवटै स्थानीय तहका जनप्रतिनिधि,प्रमुख जिल्ला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत, जिल्लास्थित राजनितिक दलका प्रमुख तथा प्रतिनिधी, सुरक्षा निकायका प्रमुख, नापी कार्यालय तथा मालपोत कार्यालयका प्रमुख, विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, पत्रकार तथा अन्य सरोकारवालाको उ सहभागिता रहेको थियो।
कार्यक्रममा स्थानीय तहको प्रशासनिक संरचनालाई समयानुकूल, प्रभावकारी र सेवा प्रवाहमुखी बनाउन आवश्यक मापदण्डबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले स्थानीय तहको संख्या तथा सिमाना हेरफेर गर्दा भौगोलिक अवस्था, जनसंख्या, सेवा प्रवाहको सहजता, पहुँच र स्थानीय आवश्यकतालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए। जिल्ला समन्वय समिति बाजुराले अभिमुखीकरण कार्यक्रमबाट स्थानीय तहको पुनर्संरचना तथा व्यवस्थापनसम्बन्धी विषयमा साझा बुझाइ विकास हुनुका साथै आगामी नीतिगत प्रक्रियामा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।


प्रकाशित मिति: ७ श्रावण २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives