७ श्रावण २०८३, बिहीबार

‘पालिका प्रतिनिधिसँग युवा आवाज संवाद’ : खप्तड छेडेदहमा युवामैत्री कार्यक्रम र रोजगारीमा जोड


बाजुरा:  खप्तड छेडेदह गाउँपालिकाले युवाको सहभागिता बढाउँदै युवामैत्री नीति तथा कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ । गुड नेभर्स इन्टरनेशनलको आर्थिक सहयोग तथा पिसविन नेपालको आयोजनामा गाउँपालिकामा सम्पन्न ‘पालिका प्रतिनिधिसँग युवा आवाज संवाद’ कार्यक्रममा गाउँपालिका अध्यक्ष दिल बहादुर रावत, उपाध्यक्ष बिशुदेवी नाथ र प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर मौनीले युवाका सवालको जवाफ दिँदै स्थानीय सरकारले युवामैत्री कार्यक्रम, सीप विकास तथा रोजगारी सिर्जनामा जोड दिइने बताएका हुन् । कार्यक्रममा गुड नेभर्स इन्टरनेशनलको सहयोग तथा पिसविन नेपालकाे आयाेजनामा विगतमा अध्ययनको अवसर पाएका तथा हाल विभिन्न क्षेत्रमा आबद्ध युवाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले पालिकाले युवा लक्षित कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने, युवाका लागि बजेट व्यवस्थापन कसरी गर्ने, योजना तथा निर्णय प्रक्रियामा युवाको सहभागिता कसरी सुनिश्चित गर्ने, स्वरोजगार र उद्यमशीलता प्रवद्र्धनका लागि कस्ता कार्यक्रम ल्याइने लगायत विषयमा प्रश्न उठाएका थिए ।

संबाद कार्यक्रममा युवाहरुकाे प्रस्नकाे उत्तर दिदै गाउँपालिका अध्यक्ष दिल बहादुर रावतले युवाको क्षमता विकास, सीपमूलक तालिम, स्वरोजगार तथा उद्यमशीलतालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन भइरहेको बताए। उनले युवाको सक्रिय सहभागिताबिनाको विकास दिगो हुन नसक्ने उल्लेख गर्दै युवामैत्री पालिका निर्माणका लागि स्थानीय सरकार, विकास साझेदार र युवाबीच सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरे । पालिकाले केही सिप, युवा रोजागर कृषिमा आधारीत कार्यक्रमहरु नियमित संचालन हुदै आएको बताए । यस कार्यक्रमले पालिकाको आगामी योजना बनाउन महत्वपुर्ण भुमिका निर्बाह गरेकामा गुड नेभर्स इन्टरनेशनल र पीसविन नेपाललाई धन्यवाद समेत ब्यक्त गरेका थिए । अध्यक्ष रावतले युवाका आवश्यकता, समस्या, अपेक्षा र सुझावलाई प्रत्यक्ष रूपमा राख्ने अवसर सिर्जना गर्नु तथा पालिका र युवाबीचको सम्बन्धलाई अझ बलियो बनाउनु रहेको बताएका छन । उनले भने नेपालको संविधानले स्थानीय सरकारलाई नागरिकको सबैभन्दा नजिकको सरकारका रूपमा परिकल्पना गरेको छ । स्थानीय तहले शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, खेलकुद, उद्यमशीलता, वातावरण, सुशासन लगायत युवासँग प्रत्यक्ष सरोकार राख्ने धेरै विषयमा काम गर्ने जिम्मेवारी पाएको र सो अनुरुप गाउँपालिकाको बजेट सिमित श्रोत र साधानका बिच पनी हामीले युवाहरुलाइ समेटेर लिने गरको बताएका छन ।

त्यसै गरी उपाध्यक्ष बिशुदेवी नाथले पालिकाले महिला, बालबालिका र युवालाई केन्द्रमा राखेर समावेशी विकासका कार्यक्रम सञ्चालन गरिरहेको बताइन्। उनले संवादबाट आएका सुझावलाई आगामी नीति, योजना तथा बजेट निर्माण प्रक्रियामा समेट्ने प्रतिबद्धता जनाएकी छन । उनले बैदेशीक रोजगार लगायतका क्षेत्रमा युवाहरुले पाउने दुखलाइ मध्यनजर गरी गाउँमै राजगारी श्रृजना गर्न पालिकाले बिभिन्न कार्यक्रम ल्याएको भए पनि धेरै युवाहरुलाइ सो कार्यक्रममा समेट्न नसकिएको बताइन । पालिकाको सिमित श्रोत र साधान भएको एकै पटक सबै युवाहरु नसमेटिए पनि आबस्यकताका आधारमा कार्यक्रमहरु गरिदै आएको बताएकी छन ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर मौनीले पालिकाले हालसम्म सञ्चालन गरेका युवा लक्षित कार्यक्रमको जानकारी दिँदै आगामी आर्थिक वर्षमा पनि सीप विकास, रोजगार प्रवद्र्धन, उद्यमशीलता र क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइने बताए। स्थानीय सरकार सबै नागरिकको साझा अभिभावक भएकाले युवा, महिला, बालबालिका तथा अन्य समुदायका आवश्यकतालाई सम्बोधन गर्न पालिका प्रतिबद्ध रहेको उनको भनाइ थियो।

कार्यक्रमको सुरुवातमा पिसविन नेपालका पुष्पराज सुनारले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्यबारे जानकारी गराएका थिए। उनले कार्यक्रमको उद्देश्य युवाका समस्या, आवश्यकता र सुझावलाई पालिका नेतृत्वसमक्ष पुर्‍याउनु र समाधानका सम्भावनाबारे खुला संवाद गर्नु रहेको बताएका थिए ।“ सुनारले स्थानीय सरकार र युवाबीच प्रत्यक्ष संवादको वातावरण सिर्जना गर्दै युवाको आवाजलाई नीति तथा कार्यक्रम निर्माणसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रमको सहजीकरण पत्रकार लक्ष्मीराज पाध्यायले गरेका थिए । सहभागी युवाहरूले यस्ता संवादले आफ्ना समस्या, अपेक्षा र सुझाव प्रत्यक्ष रूपमा स्थानीय सरकारसमक्ष राख्ने अवसर मिलेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका थिए ।


प्रकाशित मिति: ७ श्रावण २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives