२४ बैशाख २०८३, बिहीबार

लघुकथाः गाई र बाघ


जङ्गलमा एउटा गाई चरिरहेको अवस्थामा केही पर बाघलाई देख्यो र डरले त्यो गाई नजिकैको पोखरीमा पस्यो । बाघ पनि त्यस गाईलाई खानको लागि सोही पोखरीमै पस्यो पोखरीमा पानी कम तर हिलो बढी भएकोले दुबै बिस्तारै भासिदैं गए तर एक अर्का नजिक नजिक पुगे पनि हल्लन र बाघले गाईलाई भेटाउने अवस्था थिएन ।

सोहि समयमा बाघलाई गाईले सोध्यो ‘तिम्रो कोहि मालिक छन ? बाघले गर्जँदै भन्यो ‘म जङ्गलको राजा हुँ मलाइ किन चाहियो मालिक ?’अनि गाईले भन्यो ‘त्यो तिम्रो शक्तिको अहिलेको परिस्थितिमा के काम ?’ त्यस पछि बाघले गाइलाइ भन्यो ‘तिमी पनि त दलदल हिलोमा फसिरहेका छौं । यो सुनेर गाईले मुस्कुराउँदै भन्यो ‘मेरो मालिक जब साँझपख घरमा आउँछ मलाइ नदेखे पछि मालिक अवश्य मलाइ खोज्दै यहाँ लीन आउँछ तर तिमिलाई कस्ले लान्छ ?’

सांच्चिकै एकैछिनमा मालिक आएर गाईलाई झिकेर घरतिर लैजान्छ । बाघ रातभरि पोखरीमा नै रहेको कारण बिहान मृत्यु हुन्छ । मान्छेले चाहेर पनि बाघलाई निकाल्न सक्दैनथ्यो किनकी निकालेमा गाइ र मानिस दुबैलाई खतरा थियो । त्यसैले म नै सर्वेसर्वा हुँ र मलाई कसैको सहयोग चाहिदैन भन्नु नै अहंकार र घमण्ड हो त्यसैले आफूमा घमण्ड आउन नदिनु नै उत्तम हुन्छ अन्यथा बाघको जस्तो हालत हुन नपरोस् ।


प्रकाशित मिति: ६ चैत्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives