२४ बैशाख २०८३, बिहीबार

बडीमालिका नगरपालिकाद्धारा अध्ययन अवलोकनबाट प्राप्त सिकाइ आदानप्रदान


बाजुरा: बडीमालिका नगरपालिकाले कृषि, पर्यटन र शैक्षिक सुधारका लागि सञ्चालन गरेको जनप्रतिनिधि, शिक्षक, कृषक तथा कर्मचारीहरूको संयुक्त अन्तर जिल्ला स्तरीय अध्ययन अवलोकन भ्रमण सम्पन्न भएपछि समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८२/८३ अन्तर्गत सञ्चालन गरिएको उक्त भ्रमणबाट फर्किएपछि आयोजित समीक्षा कार्यक्रममा सहभागीहरूले भ्रमणका क्रममा विभिन्न जिल्लामा अवलोकन गरिएका कृषि उत्पादन, पर्यटन प्रवद्र्धन, शैक्षिक व्यवस्थापन तथा सेवा प्रवाहका सफल अभ्यासबारे अनुभव आदानप्रदान गरेका थिए ।
कार्यक्रमका अध्यक्ष तथा नगर प्रवक्ता धर्मराज पाध्यायले अध्ययन भ्रमण केवल अवलोकनमा सीमित नभई सिकेका सकारात्मक अभ्यासलाई बडीमालिकाको आवश्यकता अनुसार कार्यान्वयन गर्नु नै मुख्य उद्देश्य रहेको बताए। उनले भने, “हामीले विभिन्न जिल्लामा कृषि, पर्यटन र शिक्षा क्षेत्रमा भएका राम्रा अभ्यासहरू नजिकबाट हेर्ने र बुझ्ने अवसर पाएका छौँ। अब ती सिकाइलाई हाम्रो नगरको आवश्यकता र सम्भावनासँग जोडेर व्यवहारमा उतार्नु जरुरी छ । विकासका लागि योजना मात्र होइन, प्रभावकारी कार्यान्वयन पनि उत्तिकै आवश्यक हुन्छ।”प्रबक्ता पाध्यायले भने ।

त्यसै गरी कृषी शाखाका रमेश विकले अध्ययन भ्रमणबाट प्राप्त ज्ञान, अनुभव र सीपलाई नगरपालिकाको नीति, योजना तथा कार्यक्रम मार्फत कार्यान्वयन गर्दै कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन र शैक्षिक गुणस्तर सुधारमा ठोस उपलब्धि हासिँल गर्ने विश्वास व्यक्त गरेका छन् । समीक्षा कार्यक्रममा सहभागी जनप्रतिनिधि, शिक्षक, कृषक तथा कर्मचारीहरूले समेत भ्रमणबाट प्राप्त सिकाइलाई स्थानीय स्तरमा लागू गर्न सामूहिक प्रतिबद्धता जनाएका थिए । नगरपालिकाका प्रबक्ता धर्मराज पाध्यायको अध्यक्षतामा संचालन भएको कार्यक्रममा भ्रमण टोलीका सदस्यहरुमा कर्मचारी शिक्षक, किसानहरुको उपस्थिती रहेको थियो । कार्यक्रम संचालन कृषी शाखाका रमेश विकले गरेका थिए ।


प्रकाशित मिति: २४ बैशाख २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives