२४ बैशाख २०८३, बिहीबार

बुढीगंगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा भट्टलाई खटाइयो


बाजुरा: सरकारले बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा शाखा अधिकृत तारा दत्त भट्टलाई खटाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भट्टलाई नगरपालिकाको प्रशासकीय अधिकृतको जिम्मेवारीमा खटाएको हो ।

करिब पाँच महिना देखि प्रशासकीय अधिकृत विहीन बुढीगंगा नगरपालिकामा मन्त्रालयलको हिजो अर्थात मंगलबारको निर्णयअनुसार उनलाई प्रमुख प्रशासकीय अधिकृतमा कामकाजका लागि खटाएको छ । महिनौंदेखि प्रशासकीय अधिकृत अभावमा दैनिक प्रशासनिक कामकाज र आर्थिक कारोबार प्रभावित बनेको भन्दै नगर प्रमुख रामबहादुर बानियाँले मंगलबार मन्त्रालयमै पुगेर तत्काल व्यवस्थापनका लागि आग्रह समेत गरेका थिए । प्रशासकीय अधिकृत नहुँदा योजना स्वीकृति, बजेट निकासा, कर्मचारीको तलब भत्ता, सिफारिस लगायतका अत्यावश्यक सेवा प्रवाहमा ढिलाइ भइरहेको जनाएको छ ।

चालू आर्थिक बर्ष सकिन साढे दुई महिना मात्रै बाँकी रहँदा त्यहाँ प्रमुख प्रशासकीय अधिकृत र कर्मचारी अभावका कारण कामकाज प्रभावित भएको स्थानीयहरुले बताएका छन् । २०८२ पुसमा प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत अम्मरराज जोशीको सरुवा गरेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव भोज बहादुर ऐडीलाई खटाएको थियो । तर ऐडी भने चैत्रमा एक साता पनि नगरपालिकामा नबसेर फिर्ता भएका थिए । त्यसपछि उनी नफर्किएको नगरपालिकाले जनाएको छ । फेरि चैत्र तेस्रो साता मन्त्रालयले पुन बुढीगंगाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा भोज बहादुर ऐडीलाई खटाए पनि हालसम्म हाजिर भएका थिएनन् । भर्खरै उपसचिवमा बढुवा भएका ऐडीले सरकारले आफूलाई पोलेको तथा विभिन्न व्यक्तिगत समस्या देखाउँदै यहीँ वैशाख १६ गते राजीनामाका लागि मन्त्रालयमा निवेदन समेत दिएका छन् ।


प्रकाशित मिति: २४ बैशाख २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives