२६ बैशाख २०८३, शनिबार

३५ किलो चरेससहित दुई जना भारतीय नागरिक पक्राउ


बारा। लागुऔषध चरेससहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । भारत उत्तर प्रदेश, जिल्ला बरेध, दिपाद कोतवाली बस्ने वर्ष ४२ को साफिर अली र सोही ठाउँ बस्ने वर्ष ४४ को मोहमद अबजाललाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिएका छन् ।

त्यस्तै, अभिव्युक्तहरुको साथबाट लागुऔषध ३४ किलो नौ सय ६८ ग्राम चरेस बरामद गरिएको थियो भने सो इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले भारतमा दर्ता रहेको सवारी साधनबाट उक्त परिमाणको चरेस हेटौँडाबाट वीरगञ्जतर्फ लिएर गइरहेको अवस्थामा बरामद गरिएको हो ।

अभियुक्तहरूलाई लागुऔषध मुद्दा दर्ता गरी बारा जिल्ला अदालत, कलैयाबाट पाँच दिन म्याद थप गरी थप अनुसन्धान थालिएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिएका छन् ।

 


प्रकाशित मिति: ४ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives