७ असार २०८३, आईतवार

महेन्द्रनगरबाट बाजुरा आउँदै गरेको बस दुर्घटना, १९ जना घाइते


बाजुरा : जिल्लाको बुढीगंगा नगरपालिका–१० रिठाबजार नजिकै आज बिहान पवनदूत यातायातको बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन्। सु प प्र ०२ ००१ ख १३५५ नम्मरकाे बस महेन्द्रनगरबाट बाजुरा आउँदै गरेको अवस्थामा ब्रेक फेल भएपछि सडक छेउको भित्तामा ठोक्किएर दुर्घटना भएको स्थानीयले बताएका छन्।
प्राप्त प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा बसमा सवार १९ जना यात्रु घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी उपचारका लागि नजिकका स्वास्थ्य संस्थातर्फ पठाउने तयारी भइरहेको स्थानीय स्रोतले जनाएको छ। दुर्घटनाको कारण बसको ब्रेक फेल भएको बताइए पनि यसबारे आधिकारिक पुष्टि हुन बाँकी रहेको छ। घटनास्थलमा प्रहरी पुगेर थप विवरण संकलन तथा घाइतेहरूको अवस्था बुझ्ने काम भइरहेको बताइएको छ।
दुर्घटनामा घाइते हुने यात्रुहरूको नामावली, स्वास्थ्य अवस्था लगायत अन्य विस्तृत विवरण आउन बाँकी रहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


प्रकाशित मिति: ७ असार २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives