८ जेष्ठ २०८३, शुक्रबार

जनज्योति माविमा अन्तरक्रिया कार्यक्रम सम्पन्न, शैक्षिक सुधारमा जोड


सुशिल राेकाया/बाजुरा:  जनज्योति माध्यमिक विद्यालय मा शैक्षिक बहस तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जनज्योति माध्यमिक विद्यालय मा विगतका शैक्षिक सत्रहरूको समीक्षा गर्दै आगामी शैक्षिक सत्रमा सञ्चालन गरिने विभिन्न गतिविधिका विषयमा छलफल तथा बहस गरिएको हो।

विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा अन्य गतिविधि सञ्चालनमा सहजता र सहयोग पुग्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक चक्र बहादुर ताम्राकारले बताए।

अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूबाट सुझाव संकलन गर्नुका साथै विद्यालयको आचारसंहिता निर्माण तथा प्रभावकारी कार्यान्वयनका विषयमा समेत विस्तृत छलफल गरिएको प्रधानाध्यापक ताम्राकारले जानकारी दिए।

त्यस्तै, विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिसँगै भौतिक संरचना सुधार तथा निर्माण कार्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको थियो। विद्यालयले विगतको तुलनामा गएको शैक्षिक वर्षमा सुधारउन्मुख नतिजा हासिल गरेको जानकारी पनि दिइएको छ।

कार्यक्रममा शिक्षकहरूले विद्यार्थीहरूलाई नियमित पठनपाठनमा सहभागी गराउन अभिभावकसँग आग्रह गरेका थिए भने अभिभावकहरूले विद्यालयको शैक्षिक स्तर सुधारका लागि आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष देव बहादुर रोकाया ले विद्यार्थीहरूलाई अनुशासित, जिम्मेवार र अध्ययनप्रति लगनशील बन्न आग्रह गरे। उनले सबै पक्ष सकारात्मक सोच र सहकार्यका साथ अघि बढे मात्र विद्यालयले अपेक्षित सफलता हासिल गर्न सक्ने बताए।

वडा अध्यक्ष रोकायाले विद्यालयको सर्वाङ्गीण विकासका लागि आफू सधैं सकारात्मक रूपमा सहयोग गर्न प्रतिबद्ध रहेको पनि बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर रोकाया को अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष देव बहादुर रोकाया प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा अन्य सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।


प्रकाशित मिति: ८ जेष्ठ २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives