८ पुष २०८१, सोमबार

पाटन उच्च अदालतका न्यायाधीश मातृका मरासिनीको निधन


काठमाडौं। पाटन उच्च अदालतका न्यायाधीश मातृका मरासिनीको हृदयाघातबाट निधन भएको छ ।

घरमै हृदयाघात भएका उनलाई आज बिहान उपचारका लागि कलङ्कीको नेसनल हस्पिटलमा लगिएको थियो । उक्त अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

उनी सरुवा भएर आएको दुई दिन अघि मात्र उच्च अदालतमा हाजिर भएका थिए । उनको निधनपछि उच्च अदालतले आज सबै पेसी स्थगित गरेको छ ।


प्रकाशित मिति: १६ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?