२३ मंसिर २०८२, मंगलवार

हेटौँडामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


मकवानपुर। हेटौँडा उपमहानगरपालिका–१७ गैरीगाउँ स्थित सडकमा मधेस प्रदेश ०३–००१ ख ७९०३ नम्बरको टिपरले ना २६ प ४४२५ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक मकवानपुरगढी गाउँपालिका–२ खोलाखेत बस्ने २५ वर्षीय हरी पनेरुको घटना स्थलमै मृत्यु भएको छ ।

प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई उक्त दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: १६ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार