२४ बैशाख २०८३, बिहीबार

तस्विरमा नेबिसंघकाे ‘रिभाइभ टियु’ अभियान (फाेटाे फिचर)


काठमाडाैं। नेपाल बिध्यार्थी संघ केन्द्रीय समितिले पछिल्ला दिनहरुमा त्रिभुवन बिश्वबिद्धालय सुधार अभियान ‘रिभाइभ टियु’संचालन गरेको छ। समितिले १२ पुसबाट सवै जिल्ला कार्यसमिती, क्याम्पस इकाई समिति तथा स्वबियु समितिहरुलाई जारी गरेको परिपत्र बमोजिम बिश्वबिद्धालयमा राजनितिक भागबन्डाको अन्त्य गरि स्वच्छ प्रतिस्पर्धा बाट मेरिटका आधारमा उपकुलपति लगायतका पदाधिकारी तत्काल नियुक्त गर्न, प्रधानमन्त्री कुलपति रहने ब्यबस्थाको पुनरावलोकन लगायतका माग राखि देश भरी बिबिध स्वरुपमा शान्तिपुर्ण आन्दोलन भइरहेको छ ।

यसै शन्धर्भमा परीक्षा , नतिजा प्रकाशन , सर्टिफिकेट बितरण लगायतका सवै खाले ढिला सुस्तिको अन्त्यका लागि केन्द्रीय समितिको सहभागितामा बल्खु परीक्षा नियन्त्रण कार्यलय गेट मा धर्ना एवं दबाब कार्यक्रममा गरेको छ। स्वतन्त्र बिध्यार्थी युनियन त्रिभुवन बिश्वबिद्धालय केन्द्रीय क्याम्पस समिले आयोजना गरेको बिरोध कार्यक्रममा सांकेतिक बिरोध स्वरुप राम्रो कार्यसम्पादन गर्ने कर्मचारिका लागि सम्मान र कार्यसंम्पाद ढिला सुस्ती का बिरुद्ध फुलको माला लगाइ दिएको थियो ।


प्रकाशित मिति: १७ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives