१० पुष २०८१, बुधबार

केही विकृतीका कुरा…


-छवि गौतम

आज हाम्रा केही विकृतीहरुका वारेमा कुरा गरौ है

१ बिहेहरू यति खर्चिला देखिन थाले कि छोराछोरीलाई बिहे गर्न चाहिने खर्चले नयाँ व्यवसाय वा कुनै काममा लगानी गर्न प्रेरित गर्ने अनि बिहे चाहिँ अदालती प्रक्रियाबाट टुङ्याएर सान्सानो प्रीतिभोज मात्रै गर्नेतिर लाग्नुपर्ने देखियो नत्र गाउमा वस्ने खेतिपाति गरेर जिविकोपार्जन गर्ने मध्यम स्तरका परिवार न वुहारी न ज्वाइ पो होला जस्तो हुन थालिसक्यो ।

२ समाज विवाहकै कारण आडम्बरी र खोक्रो हुने भयो। मेहेन्दी र हल्दी,मान्छेपिच्छे सुनका गहना र कपडाका सेट हुँदो न खाँदोका ‘रशम’, पैसाको सत्यानाश , देश अरु के के कुराले टाट पल्टिँदै छ, त्यो त हिसाब हुँदै गर्ला तर ब्यर्थका देखावटीले नागरिक बुङ्गो बनाउने काम बिहे बाटै शुरु हुने देखियो ।

३. बिहे गर्ने अहिले प्रचलित तरिका नै डरलाग्दो भयो । यसको करेक्सन त गर्नैपर्छ । नत्र न वंश न विवाह हुनेछ निकट २०/३० वर्षमै ।

४ बिहे मात्र होइन, ब्रतबन्ध, गुन्यु चोलि के के हुन के के हामी संस्कृती जोगाउन कस्सिएका हौ कि विनाश गर्न छुट्टाउनै गार्हो भयो

५ प्रकृतिको सुन्दर रचना र श्रिष्टी हो गर्वावस्था र यो समयमा महिलाको सेवा र धेरै कुरामा ध्यान दिनै पर्छ तर ताइ न तुइको के के हुन उर्फ बेबि सावर रे लाजैको म यो हाम्रो संस्कार भित्र पर्दै पर्दैन जन्मे देखि मृत्यु सम्म षोडष कर्म हुन त्यसमा गुन्युचोली समेत पर्दैन हुँदा हुँदा मरण पछि गरिने रसम हरु पनि अति अति भड्किला हुँदै गए। केही सोच्ने की निम्न र मध्यमस्तरका परिवारले त सास फेर्न पनि गार्हो भयो।


प्रकाशित मिति: २१ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?