२५ बैशाख २०८३, शुक्रबार

सामान्य प्रशासन मन्त्री मोदी भन्छन् : अब सरुवामा अब “नो” भनसुन


काठमाडौ :संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले अब कर्मचारी सरुवामा भनसुन नचल्ने बताएका छन् । माओवादी केन्द्र निकट कर्मचारी संगठन नेपाल राष्ट्रिय कर्मचारी संगठन, निजामतीको १ नम्बर प्रदेशको दोश्रो सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।

कर्मचारी सरुवाको बेथिति न्यूनीकरणका लागि केही नीतिगत व्यवस्था गरिन लागेको उनले बताए । ‘सरुवामा नेताले भनिदिनुपर्ने वा नेतालाई भन्न लगाएर सुगम ठाउँमा बस्ने जुन प्रवृत्ति छ, त्यसको अन्त्यका लागि केही नीतिगत व्यवस्था गर्छौं,’ मन्त्री मोदीले भने, ‘सरुवामा अब भनसुन चल्दैन ।’

भरखरै बढुवा भएका उपसचिवलाई कसैको कुरा नसुनी स्थानीय तहमा पठाएर भनसुन प्रवृत्ति अन्त्यको थालनी गरेको समेत उनले बताए । भनसुन अन्त्यका लागि सुरुवात आफ्नैबाट गर्नुपर्ने बताउँदै मन्त्री मोदीले पार्टी निकट कर्मचारीहरूलाई भने, ‘हाम्रै पार्टीको प्रधानमन्त्री छ, हाम्रै पार्टीको मन्त्री छ, अब जे भन्यो त्यही हुन्छ भन्ने तपाईंहरूले सोच्नुभएको छ भने त्यो भ्रम त्याग्दा हुन्छ ।’

ट्रेड युनियनमार्फत् राजनीतिमा सक्रिय कर्मचारीहरूले पनि पहिला जनताको सेवालाई प्राथमिकता राख्नसमेत मन्त्री मोदीले निर्देशन दिए । जनताको सेवाभन्दा बढी राजनीतिमा क्रियाशील भएको पाइए निर्मम भएर कानुनी कारबाहीको दायरामा ल्याउने मन्त्री मोदीले चेतावनी दिए ।

प्रधानमन्त्रीको मुख्य प्राथमिकता मुलुकमा सुशासन कायम गर्ने भएकाले सरकारको प्राथमिकताअनुसार सेवा प्रवाह गरी सुशासन कायम गर्नका लागि जोड दिन समेत मन्त्री मोदीले निर्देशन दिए ।


प्रकाशित मिति: १० फाल्गुन २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives