११ पुष २०८१, बिहीबार

राष्ट्रपतिको विषयमा निर्णय लिन माओवादी पदाधिकारी बैठक बस्दै


काठमाडौ :सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दैछ । बैठक अपरान्ह ४ बजेबाट पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा शुरु हुनेछ

आजको पदाधिकारी बैठकमा राष्ट्रपतिमा कसलाई सहयोग गर्ने भन्ने बारेमा छलफल हुनेछ । पुस १० मा सात दलीय गठबन्धनबाट सरकार बन्दा राष्ट्रपति नेकपा एमालेले पाउने सहमति भएको थियो । तर पुस २६ मा नेपाली काँग्रेसले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएपछि राष्ट्रपतिका विषयमा नयाँ बहस भइरहेको छ ।


प्रकाशित मिति: ८ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?