२४ बैशाख २०८३, बिहीबार

जापानमा फुल्यो राजा वीरेन्द्रले उपहार दिएको साकुरा


वसन्त ऋतुमा जापानमा ढकमक फुलेका राता सेता साकुराले जापान सेताम्मे र राताम्मे हुन्छ । जापानमा मार्चको अन्तिम हप्तादेखि अप्रिल पहिलो हप्ता देशभर धेरै ठाउँमा साकुरा फूल छ ।

तर यतिबेला सिजोओकाको आतामी सहरमा हिमालय साकुरा नाम रहेको साकुराले ढाकिएको छ । यो साकुरालाई धेरै जापानीले जाडोमा फुल्ने हिमालय साकुरा भनेर चिन्छन् । नोभेम्बर डिसेम्बर र जनवरी महिनामा फूल्ने साकुरा नेपाल र जापानको मित्रताको चिनोको रूपमा हेरिने जापानी मिडियाले खबर लेखेका छन् ।

नेपालबाट टोकियो विश्वविद्यालयमा अध्ययन गर्न आएको बेला तत्कालीन राजा वीरेन्द्र शाहले सन् १९६८ मा आतामी सहरमा उपहार स्वरूप साकुरा ९पैयूँ०को बिरुवा दिनु भएको थियो। सोही साकुराको नाम हिमालय साकुराको भनेर चिनिएको हो । यसको रङ्ग मार्च महिनामा फूल्ने सामान्य साकुराभन्दा अलिकति रातो रङको हुन्छ ।

केही वर्षअघि राजा वीरेन्द्रले उपहार दिनु भएको साकुरा जापानको आतामीमा फुल्यो भनेर जापानी मिडियाले पनि समाचार प्रकाशित गरेका थिए । यसका बिरूवाहरू बढाएर अहिले आतामीका बिभिन्न पार्कहरूमा रोपिएको छ ।


प्रकाशित मिति: १९ माघ २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives