३० बैशाख २०८३, बुधबार

स्रोत नखुलेको दुई करोड ३० लाख रकमसहित चार जना पक्राउ


काठमाडौं। राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौंको क्षेत्रपाटीबाट स्रोत नखुलेको रु दुई करोड ३० लाख रकम सहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा नरेश अग्रवाल र उनका सहयोगी रहेका विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिएका छन् । उनले भने, “राजस्व अनुसन्धान विभागको टोलीले करिब रु दुई करोड ३० लाखजति रकमसहित चार जनालाई पक्राउ गरेको छ ।”

त्यसैगरी, व्यापारी नरेश अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मारेपछि उक्त रकम फेला परेको बताइएको छ भने बरामद गरिएको रकम हुण्डी कारोबारको हुनसक्ने अनुमान गरिएको छ ।

पक्राउ परेकाहरुविरुद्ध थप अनुसन्धानका लागि हिरासतमा राख्न आजै अदालतबाट म्याद लिने विभागको तयारी रहेको विभागका महानिर्देशक ढुङ्गानाले बताएका छन् ।


प्रकाशित मिति: ५ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives