२७ बैशाख २०८३, आईतवार

त्रिबेणी नगरपालिका ४ तोलीमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन


बाजुरा: त्रिवेणी नगरपालिका–४, तोलीमा चार दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । त्रिबेणी नगरपालिकाकाे समन्वयमा कादुरी एग्रिकल्चर एन्ड एसोसिएसन (KAAA BGN) द्वारा आयोजना शिबिरकाे आयाेजना गरिएकाे हाे ।

बैशाख २७ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने शिविरकाे त्रिबेणी नगरपालिकाका प्रमुख कर्ण बहादुर थापाले उद्धघाटन गरेका छन । शिविरमा विशेषज्ञ चिकित्सकद्वारा स्त्री रोग सम्बन्धी जाँच तथा उपचार, आँखा जाँच र मोतिबिन्दु शल्यक्रिया, दाँतको उपचार तथा आवश्यकताअनुसार दाँत निकाल्ने सेवा प्रदान गरिने जनाइएको छ । साथै अन्य स्वास्थ्य जाँच तथा उपचार, रगत, दिसा र पिसाब परीक्षण, आवश्यकताअनुसार मुटुको ईसीजी तथा भिडियो एक्स–रे परीक्षणसमेत गरिनेछ ।

शिविरमा बिरामीलाई आवश्यक नि:शुल्क औषधि वितरण गरिने आयोजकले जनाएको छ । मोतिबिन्दुको शल्यक्रियापछि बिरामीलाई आवश्यक हुने आँखा छोप्ने सामग्री, खाना तथा बसोबासको व्यवस्था भने आफैंले मिलाउनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

शिविरलाई त्रिवेणी नगरपालिकाले समन्वय तथा सहजीकरण गरिरहेको जनाएको छ । विकट क्षेत्रमा स्वास्थ्य सेवा पहुँच अभाव झेलिरहेका स्थानीयवासीलाई लक्षित गर्दै आयोजना गरिएको शिविरबाट ठूलो संख्यामा नागरिक लाभान्वित हुने अपेक्षा गरिएको छ ।


प्रकाशित मिति: २७ बैशाख २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives