३१ बैशाख २०८३, बिहीबार

प्रा.डा. ताराकान्त पाण्डेयको निधनप्रति अध्यक्ष मोहन वैद्य ‘किरण’द्वारा दुःख व्यक्त


काठमाडौं। दाङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका प्रा.डा. ताराकान्त पाण्डेयको निधनप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले दुःख व्यक्त गरेका छन् ।

पाण्डेयले नेपाली प्रगतिवादी साहित्य, जनवादी तथा समाजवादी सांस्कृतिक आन्दोलन र मार्क्सवादी सौन्दर्य चिन्तनको क्षेत्रमा अग्रपङ्क्तिमा रहेर स्थापित व्यक्तित्वका रूपमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका थिए । ६३ वर्षीय पाण्डेय इच्छुक सांस्कृतिक प्रतिष्ठानको अध्यक्षका साथै पार्टीको केन्द्रीय स्कुलिङ विभागमा कार्यरत थिए । उनका का श्रीमती, एक छोरी र ज्वाइँ रहेका छन् ।

‘दुई प्रदेश र प्रवास ‘क’ क्षेत्रको संयुक्त स्कुलिङ कार्यक्रममा प्रशिक्षण दिएर काठमाडौं फर्कने क्रममा हुन गएको उहाँको निधनले हामी अत्यन्तै स्तब्ध तथा भावविह्वल भएका छौँ,’ वैद्यले विज्ञप्तिमा भनेका छन्, ‘उनको निधनबाट साहित्यिक तथा सांस्कृतिक आन्दोलनका साथै बौद्धिक आन्दोलनका क्षेत्रमा समेत अपूरणीय क्षति हुन गएको छ ।’

‘हाम्रो पार्टी यस दुःखद घडीमा कमरेड ताराकान्त पाण्डेयप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र शोकसन्तप्त परिवारजनहरूमा हार्दिक समवेदना समेत व्यक्त गर्दछ । यो बेला हामी शोकलाई शक्तिमा बदल्दै दृढतापूर्वक अगाडि बढ्नु पर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

 


प्रकाशित मिति: २९ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives