३ पुष २०८२, बिहीबार

कास्कीको मिर्सा भिरबाट लडेर जर्मन नागरिकको मृत्यु, अमेरिकन नागरिक पक्राउ


पोखरा। कास्कीको माछापुच्छ्रे गाउँपालिका स्थित मिर्सा भिरबाट लडेर जर्मनका पियाको मृत्यु भएको छ । उनी मिर्सा गाउँ झर्ने क्रममा शनिवार लडेर रुखमा अड्किएका र शव आइतबार बिहान निकालिएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नम्बर २४ कालिका गणबाट खटिएको टोलीले बिहान शव निकालेर पोखरा ल्याएको कास्की प्रहरीका प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिएका छन् ।

थप अनुसन्धानका लागि अमेरिकन नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरू सँगै  त्यहाँ गएका थिए ।


प्रकाशित मिति: १३ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार