२७ बैशाख २०८३, आईतवार

झापामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ जना घाइते


काठमाडौं। झापाको शिवसताक्षी नगरपालिका-८ मा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् ।

त्यस्तै, प्रहरीका अनुसार मे-१ ह ५८०५ नम्बरको अटोरिक्साले आइतबार साँझ दुई वटा साइकललाई ठक्कर दिएको थियो । सो ठक्करपछि घाइते भएका शिवसताक्षी-८ का ३१ वर्षीय दिलीप श्रेष्ठ, उनकी छोरी ११ वर्षीय गोमा श्रेष्ठ, ९ वर्षीया शीतल श्रेष्ठ र अटो चालक ५२ वर्षीय पूर्णबहादुर भट्टराई घाइते भएका थिए ।

उनीहरूको आम्दा अस्पताल दमकमा उपचार भइरहेको थियो भने थप उपचारका लागि बिर्तासिटी अस्पताल पुर्‍याइएकी शीतल श्रेष्ठको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: ७ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives