३ पुष २०८२, बिहीबार

नवराज विक हत्याकाण्डः २४ जनालाई जन्मकैद, आठलाइ सफाइ ! (विवरण सहित)


रुकुम पश्चिम । ६ जनाको हत्या हुने गरी साढे तीन वर्षअघि भएको घटनाका दोषीलाई जन्मकैदको सजाय भएको छ । आठजनाले सफाइ पाएका छन् । तीन दिनको निरन्तर सुनुवाइपछि जिल्ला अदालत रुकुम पश्चिमले आज फैसला सुनाएको हो ।

जिल्ला न्यायाधीश खड्कबहादुर केसीको एकल इजलासले पुर्पक्षका लागि हाल कारागारमा रहेका २३ जना र अभिभावकको जिम्मा लगाइएका एक नाबालकसहित २४ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।कर्तव्य ज्यानमा जन्मकैद सुनाइएका उनीहरूलाई जातीय छुवाछुत तर्फ दुई वर्ष कैद र ५० हजार जरिवानासमेत सुनाइएको छ ।


प्रकाशित मिति: १९ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार