२५ बैशाख २०८३, शुक्रबार

बिपीले सुरु गरेको चियापानलाई कांग्रेसले निरन्तरता दिने,तीनबर्षदेखि रोकिएको चियापान कोजाग्रत पूर्णिमामा !


काठमाडाैं: कांग्रेसले यस वर्ष दसैँ, तिहार र छठको अवसर पारेर ११ कात्तिकमा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । कांग्रेसले तीन वर्षदेखि रोकिएको चियापान कार्यक्रमलाई यस वर्षबाट निरन्तरता दिन लागेको हो । प्रचार विभाग प्रमुख मीन विश्वकर्माले यसअघि रोकिएको चियापानलाई निरन्तरता दिन लागिएको जानकारी दिए । कांग्रेसले प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान आयोजना गर्दै आएको थियो ।

०३३ मा बिपी कोइरालाले मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि ०३४ बाट कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन चियापान आयोजना गर्दै आएको थियो । तर, पछिल्लो तीन वर्षदेखि चियापान रोकिएको छ । कोरोना महामारी र गत वर्ष सम्पन्न निर्वाचनका कारण लगातार तीन वर्ष चियापान रोकिएको थियो ।


प्रकाशित मिति: १९ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives