२० मंसिर २०८२, शनिबार

जङ्गली जनावरका लागि थापेको विद्युतीय पासोमा परेर एक जनाको मृत्यु


१७ भदौ, चितवन । चितवनको माडी नगरपालिका–३ धोबहामा विद्युतीय पासोमा परेर एकको मृत्यु भएको छ । जङ्गली जनावरबाट बाली जोगाउन थापेको विद्युतीय पासोमा परेर स्थानीय कृषक शिवनारायण महतोका २६ वर्षीय छोरा धीरन महतोको मृत्यु भएको इलाका प्रहरी कार्यालय माडीका प्रमुख दिपक रिजालले जानकारी दिए ।

उनका अनुसार विद्युतीय पासोबाट करेन्ट लागेर घाइते भएका धीरनलाई शनिबार साँझ बघौडा अस्पताल माडीमा उपचारका लागि भर्ना गरिएको थियो ।

“त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर पठाइएको थियो”, रिजालले भने “महतोलाई भरतपुर अस्पतालमा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।” उहाँका अनुसार शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

माडीमा चितवन राष्ट्रिय निकुञ्जबाट निस्कने जङ्गली जनावरले माडीका बासिन्दालाई पटकपटक दुःख दिने गरेको स्थानीय बताउँछन् ।


प्रकाशित मिति: १७ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार