७ असार २०८३, आईतवार

मुक्तक- थुकेको थुक चाट्ने मेरो बानी छैन


 

मुक्तक १
मान्छेहरुलाई छल्ने ढाँट्ने मेरो बानी छैन
अरुको खेदो खन्ने कुरा काट्ने मेरो बानी छैन
जे गर्छु सत्य गर्छु, अनि जे बोल्छु सत्य बोल्छु,
भुइँमा थुकिसकेको थुक चाट्ने मेरो बानी छैन।

मुक्तक – २
नेताहरुको सुल्टो बानी कहिले आउला?
बिकासको कुराकानी कहिले आउला?
न आउनु पर्ने रक्सी समेत पुगिसक्यो,
हाम्रो गाउँमा खानेपानी कहिले आउला?!

पारस भट्ट प्यासी


प्रकाशित मिति: १६ श्रावण २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives