२४ बैशाख २०८३, बिहीबार

मानिस भन्दा बरू सम्मानित् यी पत्थर हुन्छन्


मानिस भन्दा बरू सम्मानित् यी पत्थर हुन्छन्,
कताकति उनैको बासस्थान सुनका घर हुन्छन्।

जसले तरास्यो ढुङ्गा र बनायो आकार मूर्तिको,
दुनियामा उनिरू नै वेघर हुन्छन् वेकदर हुन्छन्।

दुःख लाग्छ मानिसले आफुलाई चिन्न नसक्दा,
सँगसँगै चियान बनेका उनिहरूका रहर हुन्छन्।

आगो सबथोक नष्ट गर्छ तर आगोलाई पानी ले,
कम न आँक उसैले बनाएको याहाँ बगर हुन्छन्।

सरकार बदलेर मात्र केही हुनेवाला छैन देशमा,
जब देश शुरक्षित हुन्छ र तव आत्मनिर्भर हुन्छ।

विदेशीहरूले यो देशलाई घेरेको देख्छु सधैभरी,
जति बिरोध गरेपनि हामिले किन वेअसर हुन्छन्।


प्रकाशित मिति: ३२ असार २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives