२४ बैशाख २०८३, बिहीबार

पोखरामा सडक कविता वाचन


२६ चैत ,गण्डकी । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालको आयोजनामा शनिबार पोखरामा ‘मान्छेको मुख थुन्न हुँदैन’ सडक कविता वाचन गरिएको छ ।

संविधानभन्दा माथि कोही नहुने र पछिल्लो समयमा देशमा भइरहेका विभिन्न घटनाक्रमको साङ्केतिक विरोधस्वरुप पृथ्वीचोकको गोलघर अगाडि उक्त कविता वाचन गरिएको संस्थाका महासचिव मदन भण्डारीले जानकारी दिए ।

विकृति, विसङ्गतिप्रति सम्बन्धित निकायको चासो नपुगेको जनाउँदै उनले कार्यक्रममार्फत जनआवाजलाई सुनाउने अपेक्षा गरिएको बताए । संस्थाका उपाध्यक्ष प्रा डा यामबहादुर पौडेल क्षेत्रीले साङ्केतिकरूपमा मञ्चका कुर्ची पात्रविहीन बनाएर कार्यक्रम आयोजना गरिएको बताए ।

संंस्थाले गण्डकी प्रदेशभित्रका उत्कृष्ट २५ स्रष्टालाई शीर्षक दिएर रचनासहित आमन्त्रण गरेको थियो । यी रचनालाई संस्थाको मुखपत्र हिमवत्खण्ड सौरभको आगामी अङ्कमा प्रकाशन गर्ने प्रवक्ता ताराबहादुर गुरुङले जानकारी दिए ।

लोकसंस्कृतिका अध्येता प्रा डा कुसुमाकर न्यौपानेले कवि कलाकारहरूले हाम्रो भाषामाथि भएको अन्यायका विरुद्ध मुख थुनेर बस्न नहुने बताए । राजनीतिक विश्लेषण महेन्द्रमान व्यथित, संस्थाका अध्यक्ष डा नारायणप्रसाद अधिकारीले राज्यमा सुशासन कायमका लागि कवि कलाकारको ठूलो भूमिका रहेको बताउँदै बेथितिका विरुद्ध कार्यक्रम आयोजना गरिएको बताए ।

सञ्चारकर्मी शिवराज बस्ताकोटी, अग्रज पत्रकार रुद्रबहादुर थापा, उदयबहादुर अमात्यले यस्ता कार्यक्रमले राज्यलाई सही दिशानिर्देश गर्ने धारणा राखे । साहित्यकार डा जगन्नाथ रेग्मी, शिवप्रसाद गौतम, छविलाल आचार्य, सडक कवि बलराम तिमिल्सिना, तेजबहादुर गुरुङ, अल्पविराम पोखरेली, धर्मराज अल्पायु, वसन्त विनोद, रमा पराशर, चारघरे ठिटो, ढुण्डीराज ज्ञवाली, नरेन्द्र रानाभाट, विनोद अधिकारी, प्रकाश भण्डारी, नारायण बराल, सन्तोष लम्सालले आफ्ना रचना वाचन गरेका थिए ।


प्रकाशित मिति: २६ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives