एमाले सांसद विद्या भट्टराईले १८ महिना अगाडि नै शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीका रुपमा बधाई खाएकी थिइन् । १० पुस २०७९ मा एमाले सहितका दलको समर्थनमा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेपछि भट्टराई शिक्षामन्त्री भएको भन्दै कास्कीका नेता कार्यकर्ताले बधाई दिएका थिए ।
तर त्यो बधाई सामाजिक सञ्जालमै सीमित भयो । विद्याले आफ्ना शुभेच्छुकलाई भोलिका दिनमा मन्त्री बन्दा शिक्षा नै रोजाईमा पर्ने बताएकी थिइन् । केपी शर्मा ओली नेतृत्वको सरकारमा विद्याले रोजेकै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।
प्रकाशित मिति: १ श्रावण २०८१, मंगलवार