२ जेष्ठ २०८२, बुधबार

इन्टरनेट सेवामा स्लो हुने समस्या, भएको के हो ?


इन्टरनेट सेवामा स्लो हुने समस्या देखिएको छ । नेपालमा सेवा दिँदै आएका इन्टरनेट सेवा प्रदायकमा कुनैमा चल्दै नचल्ने र चल्दा पनि स्लो हुने समस्या देखिएको हो ।

इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष सुधीर पराजुलीले एयरटेल नेटवर्कबाट इन्टरनेट सेवा आयात गरिरहेका सेवा प्रदायकमा यो समस्या देखिएको बताए ।

उक्त नेटवर्कमा समस्या भए पनि यसको कारण भने पत्ता लागिसकेको छैन । नेपाल टेलिकमक प्रवक्ता हरि ढकालले सेवामा समस्याबारे आफूले बुझ्ने बताए । आइतबार राति ९ बजेदेखि देशभरका विभिन्न कम्पनीका इन्टरनेट स्लो बनेको छ ।


प्रकाशित मिति: २१ माघ २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?