काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले आज प्रधानमन्त्री प्रचण्डलाइ लघुवित्तीय संस्थाको संकट र समाधानका उपाय समेटिएको प्रतिवेदन बुझाएको छ। प्रतिवेदन बुझ्दै प्रचण्डले लघुवित्तीय समस्याको समाधानका लागि सबैभन्दा बढी आफू गम्भीर र सक्रिय रहेको बताएका छन्।
‘यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु। लाखौं बचतकर्ताहरू ठगिएका छन्, उनीहरूलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छु,’ सभापति रवि लामिछानेसहित पुगेको रास्वपाका टोलीहरूसँग प्रतिवेदन बुझेपछि प्रधानमन्त्री प्रचण्डले भने। उनले त्यसमा रास्वपाको सुझाव पनि हेर्ने बताए।
रास्वपाको अर्थ तथा नीति विभागले सहकारी तथा लघुवित्तीय संस्थाको संकट र समाधानका उपायसम्बन्धी अध्ययन र प्रतिवेदन तयार गरेको प्रतिवेदन आज बिहान बालुवाटार पुगेर सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्लेसहितको टोलीले प्रधानमन्त्रीलाई बुझाएका हुन्।
प्रकाशित मिति: १ फाल्गुन २०८०, मंगलवार