२५ बैशाख २०८३, शुक्रबार

‘चित्त दुख्छ रे उनैको’मा सिताराम र उषाको अन्स्क्रिन प्रेम ( भिडियो )


काठमाडौंः वरिष्ठ गायक सिताराम पोखरेलले दशैँ तिहारको अवसर पारेर नयाँ सांगीतिक कोसेली ‘चित्त दुख्छ रे उनैको’ सार्वजनिक गरेका छन्। मुनाल शिशिर कोइरालाको शब्दमा रहेको यस गीतलाई सागर सरद अधिकारीले संगीतवद्द गरेका हुन्। संजय श्रीपालको गीतमा संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा स्वयम् गायक पोखरेल र उषा उप्रेती बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। भागदौड र व्यस्तताको कारणले गर्दा श्रीमान–श्रीमतीले एकअर्कालाई समय दिनु गाह्रो हुँदा गुनासो बढ्न थाल्छ । आपसमा विचार नमिल्नु, एक अर्कालाई समय नदिनु, एकअर्काको इच्छाको ख्याल नगर्नु जस्ता समस्याले वैवाहिक सम्बन्धमा सानो तिनो झगडा या मनमुटाव भैरहेको हुन्छ। भिडियो यस्तै कथामा आधारित रहेको छ।

सुजन श्रेष्ठले छायाँकन गरेको गीतको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन्। नबिन बिष्ट सहायक निर्देशक रहेको यस गीतको भिडियोलाई मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो। भिडियो ‘ओएस आर डिजिटल’ नामक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

विगत तीन दशकदेखि नेपाली गीत गायन तथा नेपाली म्युजिक भिडियो मोडलिङमा सक्रिय पोखरेलले २ सयभन्दा भन्दा बढी गीतमा स्वर दिइसकेका छन् । उनका दर्जन बढी एल्बम सार्वजनिक भैसकेका छन् तीमध्ये दर्जनौँ हिट छन् । गायक पोखरेल थुप्रै अवार्ड बाट समेत सम्मानित छन्।


प्रकाशित मिति: २९ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives