७ असार २०८३, आईतवार

गौमुल गाउँपालिका–३ मा विविध कार्यक्रम गरी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइयाे


बाजुरा:  लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत बाजुराको गौमुल गाउँपालिका–३ माझपालीमा विविध कार्यक्रम गरी दिवस भव्य रूपमा मनाइएको छ। प्रविधिको सही सदुपयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ भन्ने मूल नारासहित ३ नम्बर वडा कार्यालयको आयोजनामा कार्यक्रम गरिएको हो।
गाउँघरमा बसोबास महिला दिदीबहिनीलाई अभियानमा सक्रिय सहभागी गराउनु, हिंसाका प्रकार, आफ्ना अधिकार र कर्तव्यका बारेमा जानकारी प्रदान गरी महिलाहरूलाई सामाजिक एकता सहितको आत्मबिश्वासि बनाउने उद्देश्यका साथ कार्यक्रम आयोना गरिएको वडा अध्यक्ष गोरख बोहराले बताए ।
गाउँमा हिंसा हुँदा धेरै महिलाहरूलाई कानुनी बाटाे, समस्या समाधान प्रक्रिया र अधिकारका बारेमा जानकारी नहुने भएकाले यस्ता गतिविधिले ठूलो टेवा पुग्ने पालिका उपाध्यक्ष सीता थापाले बताईन्। सचेतना तथा जागरणका लागि महिला समूहबीच हाजिरी–जवाफ प्रतियोगिता, चेतनामूलक देउडा तथा संवादका कार्यक्रमहरू सञ्चालन गरियो।

हाजिरी जवाफ प्रतियोगितामा सहभागी महिला समुहहरू मध्ये माझपाली टोल, प्रथम , बेहरी टोल दोस्रो र धल्काँडा टोल तेस्रो भएका हुन् प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने समुहलाई प्रोत्साहन पुरस्कार र कार्यक्रममा उपस्थित महिलाहरूलाई सरसफाईको साान समेत वितरण गरिएको हो । कार्यक्रममा सहभागी महिलाले हिंसाबिरुद्धको एकताबद्ध आवाज आवश्यक रहेको बताउँदै यस्ता अभियानले व्यवहारिक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।

वडा अध्यक्ष गोरख बहादुर बोहराको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि उपाध्यक्ष सीता थापा रहेकी थिइन।अतिथिमा गाउँ कार्यपालिका सदस्य कौशल विक वडा सदस्य नर्मा विक रहेका थिए भने विभिन्न संघसंस्थाका प्रतिनिधि सरोकारवालाहरू र स्थानीय समुदायको उत्साहजनक सहभागिता रहेको थियो ३ नम्सवर वडा कार्यालयको प्राङ्गणमा संचालन गरिएको कार्यक्रमको सञ्चाल धनलक्ष्मी रोकायाले गरेकी हुन् ।


प्रकाशित मिति: १८ मंसिर २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives