२५ बैशाख २०८३, शुक्रबार

‘चारकुने रुमाल’को साथमा आए प्रकृति र अल्मोडा ( भिडियो )


२७ श्रावण, काठमाडाैँ ।  रियालिटी शो द भ्वाइस अफ नेपालबाट चर्चामा आएकी गायिका सुरक्षा सेन्चुरी र गायक तथा संगीतकार अल्मोडा राना उप्रेतीको सुमधुर स्वरमा सजिएको ‘चारकुने रुमाल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

प्रदिप पोख्रेलको शब्दमा रहेको यस गीतलाई अस्ट्रेलियामा बसोबास गर्दै आइरहेका संगीतकार टिका दाहालले संगीतवद्द गरेका हुन्। गीतमा स्वयम गायक उप्रेतीको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा अभिनेत्री तथा मोडल प्रकृति श्रेष्ठ, कृतिका श्रेष्ठ र गायक उप्रेतीको अभिनय रहेको छ। रंगीत बल्लव उप्रेतीकोको निर्देशनमा भिडियो तयार पारिएको हो। लिजेन्स इन्टरनेशनलको एजुकेशनको सहयोगमा निर्माण गरिएको यस गीतको भिडिलाई गायक उप्रेतीको अफिसिएल युट्युव च्यानल ‘अल्मोडा राना उप्रेती’ मार्फत सार्वजनिक भएको हो।

म्युजिक भिडियो दर्शक श्रोता लाई मनपर्ने कुरामा निर्माण टिम आशावादी रहेको छ।


प्रकाशित मिति: २७ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives