२४ बैशाख २०८३, बिहीबार

राजु लामाको मंगोलियन हार्टले शुक्रबार ठमेलमा लाइभ कन्सर्ट गर्ने


काठमाडौं÷ गायक राजु लामाले काठमाडौंको ठमेलस्थित टर्टल लाउन्ज एन्ड क्लबमा लाइभ कन्सर्ट गर्ने भएका छन् । ‘भ्वाइस अफ नेपाल’को कोच समेत रहेका लामाले शुक्रबार बेलुकी आफ्नो ब्यान्ड ‘मंगोलियन हार्ट’सहित लाइभ प्रस्तुति दिने भएका हुन् ।
कन्सर्टमा लामाले मंगोलियन हार्टका चर्चित गीतहरुमा प्रस्तुति दिने तयारी छ । टर्टलका सञ्चालक आयुष ठकुरीका अनुसार लामाले मंगोलियन हार्टका चर्चित गीतहरु पर्खाइमा भिज्यो सिरानी, तिमीलाई देखेर, हल्ला चलेछ, बादल पारीको देशबाट, म माया लाउँदिन, सायद तिम्रो बाटोमा लगायत गीतहरु प्रस्तुत गर्नेछन् । यसअघिका टर्टलमा गायिकाहरु तृष्णा गुरुङ, तिर्सला गुरुङ लगायतले लाइभ ब्यान्डसहित सांगितिक प्रस्तुति दिएका थिए ।

विगत पाँच वर्षदेखि सञ्चालित टर्टल क्लब गत क्रिसमस इभमा सविन राईको लाइभ कन्सर्टसहित नयाँ स्वरुपबाट सञ्चालनमा छ। केही सातासम्म अब हरेक शुक्रबार टर्टलमा चर्चित कलाकारहरूको लाइभ प्रस्तुति तय भएको सञ्चालक ठकुरीले बताए।


प्रकाशित मिति: १८ माघ २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives