७ पुष २०८१, आईतवार

विद्युत महशुल समयमै भुक्तानी नगर्ने सेवाग्राहीको लाइन काटीदै


बाजुरा– नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रले समयमै महशुल भुक्तानी नगर्ने सेवाग्राहीको लाइन काटने चेतावनी दिएको छ । बाजुरा वितरण केन्द्रले बिहिवार एक सूचना जारी गर्दै मिटर रिडिङ्ग गरेको ६० दिनसम्म पनि महशुल भुक्तानी नगरेका सरकारी तथा गैरसरकारी संस्था सहित  सेवाग्राहीको लाइन काट्ने चेतावनी दिएको हो ।
वितरण केन्द्रले सूचना मार्फत जिल्लामा समयमै महशुल भुक्तान नगरेका सेवाग्राहीलाई तत्काल महशुल भक्तानी गर्न पनि अनुरोध गरेको छ ।
त्यस्तै नेपाल विद्युत प्राधिकरणको विनियमावली अनुसार पौष २ गते देखि २९ गतेसम्म अभियानका रुपमा विद्युत महशुल बक्यौता रहेका ग्राहकहरुको विद्युत लाइन काट्ने कार्य भइरहेको जनाएको छ ।

No description available.


प्रकाशित मिति: ५ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?