८ पुष २०८१, सोमबार

व्यवसायी खड्काको निधनप्रति बाजुरा उद्योग वाणिज्य संघद्धारा दुःख व्यक्त


बाजुरा– बाजुराको सदरमुकाम मार्तडीमा व्यवसाय गर्दै आएका व्यवसायी पुष्प खड्काको असामयिक निधनप्रति बाजुुरा उद्योग वाणिज्य संघले दुःख व्यक्त गरेको छ । सफल व्यवसायीका रुपमा परिचित खड्काको असामयिक निधनले बाजुरा उद्योग वाणिज्य संघ परिवार लगायत समग्र बाजुराको व्यवसायी क्षेत्रमा अतुलनीय क्षती पुगेको उद्योग वाणिज्य संघले बताएको छ ।

डोटी जिल्ला सिलगढी नगरपालिका घर भई विगत १२ वर्ष लामो समयदेखी मार्तडी बजारमा व्यवसाय गर्दै आएका बर्षा जनरल स्टोरका ५१ वर्षिया खड्काको शनिबार राति ह्दयघातका कारण निधन भएको थियो ।
खड्काको निधनप्रति दुःख व्यक्त गर्दै बाजुरा उद्योग वाणिज्य संघले भोली १४ गते बिहान १ बजे मार्तडी दुनिहाट बजारमा श्रद्धाञ्जली सभा समेत गर्ने भएको छ । साथै भोली एक दिन सम्पूर्ण बजार समेत बन्द गर्ने उद्योग वाणिज्य संघका कोषाध्यक्ष हंसबहादुर सिंहले बताएका छन् ।

डोटी जिल्ला सिलगढी नगरपालिका घर भई मार्तडीको दुनिहाटबजारमा विगत १२ वर्षदेखि व्यापार व्यवसाय गर्दै आएका खड्काको शनिबार (हिजो) राति उपचारका क्रममा जिल्ला अस्पताल डोटीमा निधन भएको थियो ।

लामो समय देखि प्रेसरका कारण नियमित औषधि सेवन गर्दै आएका खड्कालाई शनिबार राति जिल्ला अस्पताल बाजुरामा उपचारका लागि लगिएको थियो । जिल्ला अस्पतालमा उनको उपचार हुन् नसकेपछि धनगढी लिदै गर्दा डोटी जिल्ला अस्पतालमा ह्दयघातका कारण निधन भएको हो ।

१२ वर्षदेखि मार्तडीको दुनिहाटबजारमा वर्षा जनरल स्टोर पसल संचालन गर्दै आएका खड्का बजार भरिकै सफल व्यवसायीका रुपमा परिचित रहेका थिए । उनको असामयिक निधनपछि परिवार, शुभचिन्तकहरुले विभिन्न माद्यम मार्फत गहिरो दुख व्यक्त गरेका छन् ।


प्रकाशित मिति: १३ श्रावण २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?