२४ बैशाख २०८३, बिहीबार

नेविसंघले नेताको घरघर धाउनेलाइ होइन विद्यार्थी हकहितका लागि लड्नेलाइ टिकट दिनुपर्छ : कांग्रेस युवा नेता शाही


काठमाडौ : कांग्रेस युवा नेता तथा भुपेन्द्र जङ शाहीले नेविसंघले विद्यार्थी हकहितको लागि लड्नेलाइ स्ववियु निर्वाचनमा टिकट दिनुपर्ने बताएका छन् ।नेबिसघं पुर्ब केन्द्रीय उपाध्यक्ष समेत रहेका शाहीले स्ववियु निर्वाचनलाई लिएर नेविसंघ विवादलाई लक्षित गरि यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनलेे भनेका छन: स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भनेको विद्यार्थीहरुले नेत्तृत्व विकास र व्यक्तित्व विकास को लागि स्वतन्त्र रुपमा गरिने स्वच्छ प्रतिस्पर्धा हो। कहि नभएको जात्रा हाडि गाउमा भनेको जस्तो स्वतन्त्र विद्यार्थी को चुनावमा पनि गठबन्धन गर्ने कुरा हास्यास्पद र बिधार्थिको भावना बिपरित छ। स्ववियुको इतिहास र यसको महत्वलाइ जोगाइ राख्न पनि स्वतन्त्र रुपमा स्वच्छ प्रतिस्पर्धा गर्न दिनु पर्दछ।

नेपाल विद्यार्थी सघंले स्ववियुमा उम्मेदवार चयन गर्दा नेताका घरमा धाउने होइन क्याम्पसमा धाउने तथा विद्यार्थी हकहितको लागि लड्ने विद्यार्थी नेतालाइ उम्मेदवार छनौट गरोस। नेविसंघले विद्यार्थी हकहितको लागि लड्नेलाइ स्ववियु निर्वाचनमा टिकट दिनुपर्छ :


प्रकाशित मिति: २७ फाल्गुन २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives