३० असार २०८२, सोमबार

गणपति तेल मिलमा आगलागी


१६ भदाै ,दाङ । तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको गणपति तेल मिलमा आज बिहान आगलागी भएको छ ।

बिहान २ः३० बजे तेल मिलमा आगलागी भएको आफूले थाहा पाएको सञ्चालक हिमाल बस्नेतले जानकारी दिए ।

तेल मिलमा आगलागी भएको र आफूले झण्डै एक घण्टापछि मात्र थाहा पाएको बस्नेतले बताए ।

आगलागी भएको खबर पाएलगत्तै ठूलो सङ्ख्यामा स्थानीय, पानी ट्याङ्कर, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहयोगमा आज विहान आगो नियन्त्रमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

आगलागीबाट रु दुई करोडभन्दा बढी क्षति भएको अनुमान रहे पनि क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

आगलागीको कारण अझै खुलेको छैन । उक्त तेल मिल तुलसीपुर क्षेत्रमा सबैभन्दा पहिले स्थापना भएको मिल हो ।

बस्नेत तुलसीपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष पनि हुन् ।


प्रकाशित मिति: १६ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?