२५ बैशाख २०८३, शुक्रबार

विवेकशील साझाको वागमती अध्यक्षमा अजित खड्का


११ ,भाद्र ,काठमाडौँ ।अजित खड्काको नेतृत्वमा १३ सदस्यीय प्रदेश समिति चयन गर्दै विवेकशील साझा पार्टीको वागमती प्रदेश अधिवेशन समापन भएको छ।प्रदेश निर्वाचन आयोगका प्रमुख शंकर बञ्जाडेका अनुसार अध्यक्षमा अजीत खड्का,उपाध्यक्षमा डिजेन बस्नेत,सचिवमा शकिल अहमद र कोषाध्यक्षमा दिलकुमार केसी निर्वाचित भएका हुन।

अधिवेशनले वागमती प्रदेश सदस्यमा प्रेमप्रसाद वस्ती,आशिष कार्की, पूर्णलाल श्रेष्ठ, वैकुण्ठ दाहाल, शारदा लक्ष्मी प्रधान, मधुसुदन कार्की, नरेन्द्र श्रेष्ठ, अशोक अधिकारी र भुषण कुमार श्रेष्ठलाई चयन गरेको छ।

प्रमुख बञ्जाडेका अनुसार निर्वाचनमा ‘नो भोट’ को पनि अभ्यास गरिएको थियो। नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र वितरण एवं पद तथा गोपनियताको सपथ ग्रहण गराईएको प्रदेश अधिवेशन आयोजक समितिका संयोजक सुरज प्रधानले जानकारी दिए।

विवेकशील साझा पार्टीको दोश्रो प्रादेशिक अधिवेशन कोशी प्रदेशमा हुने तय भएको छ। यही असोज दोश्रो साता कोशी प्रदेश अधिवेशन गर्न लागिएको प्रदेश अधिवेशन आयोजक समितिका संयोजक सुदन श्रेष्ठले जानकारी दिए।


प्रकाशित मिति: ११ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives