१० पुष २०८१, बुधबार

उपसभामुख निर्वाचनमा कांग्रेसको ह्विप


काठमाडौंः नेपाली कांग्रेसले उपसभामुखको निर्वाचनमा पार्टीबाट आधिकारीक उम्मेद्वार मुक्ता कुमारी यादवको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । शुक्रबार उपसभामुखमा उम्मेद्वारी दर्ता गरेपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले व्हिप जारी गरेका हुन् ।

कांग्रेस संसदीय दलका अधिकृत विजयेन्द्र वीर आलेका अनुसार उपसभामुखको निर्वाचनमा कांग्रेसका सांसद्हरुलाइ अनिवार्य उपस्थित हुन, तटस्थ नरहन निर्देशन दिइएको छ । व्हिपमा उपसभामुखमा सत्ता गठबन्धनकी उम्मेद्वार इन्दिरा रानाको विपक्षमा मतदान गर्न भनिएको छ ।


प्रकाशित मिति: ६ माघ २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?