२४ बैशाख २०८३, बिहीबार

सात पत्रकार पुरस्कृत


१६ चैत ,तनहुँ । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले ६८औँ स्थापना दिवसका अवसरमा आज राष्ट्रिय समचार समिति (रासस)मा कार्यरत तनहुँका संवाददाता सानेबहादुर नेपालीलाई पुरस्कृत गरेको छ ।गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले उनलाई पुरस्कृत गरेका हुन्‌ ।

पत्रकार एवं वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेद्वारा स्थापित चिरञ्जीवी–हरिमाया स्मृति पत्रकारिता पुरस्कारबाट नेपालीलाई सम्मान गरिएको हो । पुरस्कारको राशि रु १० हजार एक सय ११ छ । सो अवसरमा पत्रकार नेपालीसहित जिल्लाका सात पत्रकारलाई विभिन्न पुरस्कारबाट पुरस्कृत गरिएको हो ।

महासङ्घ तनहुँ शाखाका पूर्वअध्यक्ष मुक्तिनाथ खनालद्वारा स्थापित रु १५ हजार राशिको पुरस्कार पत्रकार विश्वबन्धु भण्डारीलाई प्रदान गरियो । इञ्जीनियर हरिभक्त भट्टराई स्मृति पुरस्कार महासङ्घ तनहुँका पूर्वअध्यक्ष डम्बरबहादुर अधिकारी, भोर्लेली केवलबहादुर स्मृति पुरस्कार महासङ्घ तनहुँका पूर्वअध्यक्ष प्रकाशचन्द्र भट्टराई र रणबहादुर चिजाकुमारी–सुरज गुरुङ स्मृति पुरस्कार नेपाल पत्रकार महासङ्घ तनहुँका निवर्तमान अध्यक्ष ओमकार आचार्यलाई प्रदान गरिएको छ ।

अधिकारी र भट्टराईलाई नगद रु १०–१० हजार र आचार्यलाई नगद रु पाँच हजार पुरस्कार प्रदान गरिएको छ ।

त्यसैगरी टिकानिधि ढुङ्गाना व्यास पराशर पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश उपाध्यक्ष सोनी शर्मा, पत्रकार स्व पुरुषोत्तम काफ्ले स्मृति युवा पत्रकारिता पुरस्कार पवन पौडेललाई प्रदान गर्ने निर्णय भएअनुरुप पुरस्कृत गरिएको तनहुँ शाखाका सचिव प्रताप रानाले बताए । शर्मा र पौडेललाई रु १० हजार सहित पुरस्कृत गरिएको हो ।


प्रकाशित मिति: १६ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives