५ श्रावण २०८३, मंगलवार

बाजुराकाे हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते


बाजुरा:  बाजुराको हिमाली गाउँपालिका–५ अन्तर्गत क्युडीदेखि कोटीगाउँतर्फ जाने सडकखण्डमा सोमबार जिप दुर्घटना हुँदा ९  जना घाइते भएका छन्। सु.प्र.प्र. ०१–००१ ज १८७८ नम्बरको जिप माथिल्लो घुम्तीबाट अनियन्त्रित भई सडकभन्दा तल रहेको अर्को घुम्तीमा १० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा जिप चालक हिमाली गाउँपालिका–२, नातीखोला निवासी २५ वर्षीय जनवीर बुढासहित ९ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था मध्यम र ५ जनाको अवस्था सामान्य रहेको छ । सबै घाइतेलाई उपचारका लागि अस्पताल पठाउने पहल भइरहेको छ ।

यी हुन घाइतेहरू–

१. चालक बाजुरा हिमाली गाउँपालिका वडा नं. २ नातीखोला बस्ने वर्ष अं. २५ को जनविर बुढा ।

२. हिमाली गाउँपालिका वडा नं. २ नातीखोला बस्ने वर्ष ४० को धर्मलाल बुढा ।

३. हिमाली गाउँपालिका वडा नं. २ नातीखोला बस्ने वर्ष ३१ की मिजरा बुढा ।

४. हुम्ला ताजाकोट गा.पा. ५ बस्ने वर्ष अं. ४० को अम्मर सिंह बुढा ।

५. हुम्ला ताजाकोट गा.पा. ५ बस्ने वर्ष २० की अस्मिता थापा ।

६. हुम्ला ताजाकोट गा.पा. ५ बस्ने वर्ष २८ को जंग सिंह बुढा ।

७. हुम्ला ताजाकोट गा.पा. ५ बस्ने वर्ष २० को गोरख रोकाया ।

८. हुम्ला ताजाकोट गा.पा. ५ बस्ने वर्ष २७ को लोकेन्द्र बुढा ।

९. हुम्ला ताजाकोट गा.पा. ५ बस्ने वर्ष अन्दाजी ९ की सुस्मा बुढा ।


प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives