२४ बैशाख २०८३, बिहीबार

बडिमालिकाले‍ सामुदायिक विद्यालयमा शनिबार मात्र विदा दिने निर्णय


बाजुरा: बडिमालिका नगरपालिकाको कार्यपालिका बैठकले शिक्षा क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण निर्णय गरेको छ। नगर प्रमुख अमर खड्काकाे अध्यक्षतामा सम्पन्न बैठकले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार तथा नियमित पठनपाठन सुनिश्चित गर्ने उद्देश्यले विद्यालय विदा व्यवस्थापन सम्बन्धी नयाँ व्यवस्था लागू गर्ने निर्णय गरेको हो।

कार्यपालिकाकाे निर्णयअनुसार अब बडिमालिका नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरूमा हप्तामा एक दिन शनिबार मात्र विदा हुनेछ। स्थानीय भौगोलिक अवस्था, विद्यार्थीको सिकाइ निरन्तरता, शैक्षिक दिन सुनिश्चितता तथा सामुदायिक विद्यालयप्रतिको आकर्षण कायम राख्न यस्तो निर्णय गरिएको बडीमालिका नगरपालिकाका प्रबक्त्ता धर्मराज पाध्यायले बताएका छन।

नगरपालिकाले शिक्षा क्षेत्रको विदा व्यवस्थापन स्थानीय आवश्यकता अनुसार गर्न सम्बन्धित मन्त्रालयलाई परिपत्रसमेत गरेको जनाएको छ। सातामा दुई दिन विदा कायम रहँदा वार्षिक २२० शैक्षिक दिन पूरा गर्न कठिन हुने, पाठ्यक्रम समयमै सम्पन्न गर्न समस्या हुने, सिकाइ उपलब्धि घट्ने, विद्यार्थी निजी विद्यालयतर्फ पलायन हुने तथा ग्रामीण क्षेत्रमा विद्यार्थी घरायसी काममा बढी संलग्न हुने जस्ता कारण देखाउँदै दुई दिन विदा उपयुक्त नभएको नगरपालिकाको निष्कर्ष रहेकाे प्रबक्ता पाध्यायकाे भनाइ रहेकाे छ । नगरपालिकाले कानुनी व्यवस्था र व्यावहारिक अवस्थालाई ध्यानमा राख्दै सामुदायिक विद्यालयहरूको विदा व्यवस्थापनमा नीतिगत स्पष्टता र आवश्यक परिमार्जन गर्न मन्त्रालयसँग अनुरोध गरेको गरेकाे पाध्यायले बताए ।


प्रकाशित मिति: ३ बैशाख २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives