२४ बैशाख २०८३, बिहीबार

बाजुरा जिल्ला खेलकुद समिति अध्यक्षमा सिंह नियुक्त


बाजुरा:  बाजुरा जिल्ला खेलकुद समितिको अध्यक्षमा कोपिला सिंह नियुक्त भएकी छन् । सामाजिक विकास मन्त्री मेघराज खड्काको अध्यक्षतामा बसेको प्रदेश खेलकुद परिषद्को बोर्ड बैठकले उनलाई अध्यक्षमा मनोनयन गरेको हो । जगन्नाथ गाउँपालिका ३ निवासी सिंह नेकपा एमाले जिल्ला कमिटी सदस्य समेत हुन् ।

त्यस्तै प्रदेश खेलकुद परिषद्ले बाजुरासहित सुदूरपश्चिम प्रदेशका ७ जिल्ला खेलकुद समिति अध्यक्ष मनोनयन गरेको जनाएको छ । परिषद्का सदस्य सचिव लोक बहादुर खड्काका अनुसार कैलालीमा दिनेश भण्डारी, कञ्चनपुरमा ज्ञानेन्द्र सिंह, बैतडीमा भूपेन्द्र चन्द, अछाममा गोकुलबहादुर शाह, बझाङमा कमलबहादुर सिंह र डडेल्धुरामा जगतबहादुर ऐरलाई अध्यक्षमा मनोनयन गरिएको छ । जिल्ला खेलकुद समितिमा ४ वर्षका लागि अध्यक्ष मनोनयन गरिएको उनले बताए । यस्तै यसअघि नै मनोनयन गरिएका डोटी र दार्चुला अध्यक्षको अवधि भने बाँकी छ ।


प्रकाशित मिति: ३ बैशाख २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives