२४ बैशाख २०८३, बिहीबार

बाजुराको कोल्टीमा इलाका प्रशासन, नापी र मालपोत कार्यालय उद्घाटन


बाजुरा: बाजुराको पूर्वी उत्तरी भेगका चार वटा स्थानीय तहलाई लक्षित गर्दै कोल्टीमा इलाका प्रशासन कार्यालय, नापी कार्यालय र मालपोत कार्यालय उद्घाटन गरिएको छ । गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली, बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला, जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया, चार वटै पालिका प्रमुख, सुरक्षा निकायका प्रमुख, समाजसेवी अनिल बानियाँ, जनप्रतिनिधि लगायतको टोलीले कार्यालयको उद्घाटन गरेका हुन् ।

यसअघि तत्कालीन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले कोल्टी क्षेत्रमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । सरकारले दुर्गम तथा सेवाबाट टाढा रहेका क्षेत्रका नागरिकलाई प्रशासनिक सेवा नजिकैबाट उपलब्ध गराउने उद्देश्यले नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्न आवश्यक प्रक्रिया अगाडि बढाएर कोल्टीमा इलाका प्रशासनसँगै नापी र मालपोत कार्यालय स्थापना गरेको हो । बाजुराको पूर्वी उत्तरी भेगका बुढीनन्दा नगरपालिका, हिमाली, स्वामीकार्तिक र जगन्नाथ गाउँपालिका गरी चार वटा स्थानीय तहका नागरिकहरुले हाल नागरिकता लगायतका कामका सदरमुकाम मार्तडी पुग्नु पर्ने बाध्यता रहेको छ ।

त्याँहाका नागरिकहरुले नागरिकता बनाउन मार्तडी पुग्नै १५–२० हजार रुपैयाँ खर्च तथा करिब चार दिन समय लगाउनु पर्ने बाध्यता रहेको छ । मार्तडी–कोल्टी सडकमा यातायात सेवा सहज नहुनु, सर्वाधिक विकट गुम्बा, बिच्छ्या जस्ता दुर्गम गाउँ हालसम्म पनि सहज यातायातको पहुँचमा नहुँदा थप समस्या भोग्नु पर्ने बाध्यता रहदैँ आएको छ । तर सरकारले नागरिकहरुको सहजताका लागि कोल्टीमै कार्यालय स्थापना गरेर उद्घाटन गरेसँगै अब सेवा प्रवाहमा सहजता हुने भन्दै स्थानीयहरुले खुसी व्यक्त गरेका छन् ।

अब त्याँहा नागरिकहरुले नागरिकता, राष्ट्रिय परिचयपत्र तथा नापी कार्यालय र मालपोत कार्यालयबाट हुने कामकाजका लागि मार्तडी पुग्नु पर्ने बाध्यता हटेकाे छ । त्याँहा इलाका प्रशासन कार्यालय स्थापना गर्न लामो समयसम्म याँहाका जनप्रतिनिधि, राजनीतिक दल, सरोकारवाला सहितको पहल कदमीपछि उक्त प्रक्रिया कांग्रेस–एमाले नेतृत्वको सरकारले नै अगाडि बढाएको थियो ।

बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले कार्यालय उद्घाटन भएसँगै अब भोलिबाटै सहज रुपमा सेवा प्रवाह सुरु गरिने जानकारी दिएका छन् ।


प्रकाशित मिति: ३ बैशाख २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives